सप्तकोशीमा हाम्फाल्दा समातेर झापा

सप्तकोशीमा हाम्फाल्दा समातेर झापा

सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरी बलले सकुशल उध्दार गरी झापा पठाएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा हिजो बेलुकी करिब ७ बजेतिर हाम फालेका ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बुलाई उध्दार गरेर घर पठाईएको हो ।

लिम्बु झापाको कमल गाउँपालिका–५ का वासिन्दा हुन् । सप्तकोशी पुल बीचको नोजबाट उनी नदीमा हाम फालेका थिए । लगत्तै उनलाई सशस्त्र प्रहरी बलको सुरक्षा बेस भारदहबाट खटिएको टोलीले स्थानीयको सहयोगमा उध्दार गरेको हो ।

लगत्तै लिम्बुलाई घर पठाइएको सशस्त्र प्रहरी बल सप्तरीका प्रहरी उपरीक्षक प्रदीप खड्काले बताए ।

टिप्पणीहरू