मोही माग्ने ढुंग्रो लुकाउने पत्रकारको करेसाबारीमा झुण्डिएको काँक्रो (फोटो फिचर)

मोही माग्ने ढुंग्रो लुकाउने पत्रकारको करेसाबारीमा झुण्डिएको काँक्रो (फोटो फिचर)

पाका पत्रकार तथा गोरखापत्र संस्थानका पूर्वअध्यक्ष कृष्णमुरारी भण्डारी फलफूल र तरकारीका निकै शौखिन छन् । उनले आफ्नो सामाजिक सञ्जालमा प्रायः करेसाबारीमा फलाइएका र उब्जाइएका फलफूलको फोटो पोष्ट गरिरहेका हुन्छन् ।

नयाँ जातका फूल,तरकारी र फलफूलको बोट,फलको बारेमा जानकारी पनि दिन्छन् । आज उनले आफ्नै करेसाबारीमा झुण्डिरहेको हरियो काँक्रो पोष्ट गरेका छन् ।

दुई दिनअघि घामको झुल्कोसंँगै फक्रिएका हेविस्कसका थुंगाहरु शीर्षकमा आकर्षक फूलका फोटा राखेका थिए । त्यसअघि संयोग र संकेत शीर्षकमा स्थानीय चुनाव सकियो,पीस लिली फुल्यो भनेर लिलीको फोटो हाले ।

एक साताअघि शुभ प्रभात भन्दै भण्डारीले पुष्पहंस फूलमा कुन कलाकारले बुट्टा भर्छ हँ ? भनेर सोधेका थिए ।

यस्तै यस्तै मौसमी फूल,फलफूल र बेर्नाको बारेमा भण्डारीले जानकारी दिँदै आएका छन् ।

भण्डारी ‘मोही माग्ने ढुंग्रो लुकाउने’ शीर्षकमा कलम चलाएकाले ढुंग्रे पत्रकारको रुपमा पनि प्रख्यात छन् ।

टिप्पणीहरू