काठमाडौंका मेयरले प्रधानमन्त्रीलाई भेटे

काठमाडौंका मेयरले प्रधानमन्त्रीलाई भेटे

काठमाडौँ महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साहले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । प्रधानमन्त्रीलाई भेट्न मेयर साह आज दिउँसो बालुवाटार पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले महानगरको मेयर भएकोमा साहलाई बधाई दिनुभएको बताइएको छ । त्यसक्रममा महानगरको विकास निर्माणमा सहयोगका लागि पार्टी र सरकारका तर्फबाट उनले प्रधानमन्त्री देउवासँग सहयोग मागेका थिए । प्रधानमन्त्रीले महानगरले गर्ने काममा सरकार र नेपाली काँग्रेसको साथ र सहयोग रहने बताउनुभएको बालुवाटार स्रोतले जनाएको छ ।मेयर साहले यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि बालकोट पुगेर भेटवार्ता गरेका थिए । मतगणना चलिरहँदा उनले बालकोट पुगेर ओलीलाई भेटेको कुरा हिजोमात्रै सार्वजनिक गरिएको हो ।

त्यो ताका साहले ललितपुरका मेयर उम्मेदवार चिरिबाबु महर्जनलाई मतगणनास्थलमा पुगेर भेटेका थिए । अस्ति पदभार ग्रहणलगत्तै साहले प्रधानसेनापति प्रभुराम शर्मालाई जंगी अड्डा पुगेर भेटेका हुन् ।

टिप्पणीहरू