आज १५ जना संक्रमित, ११ जना निको

आज १५ जना संक्रमित, ११ जना निको

पछिल्लो २४ घण्टामा मुलुकभर १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा चार हजार ८४२ जनाको नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा ११ जना संक्रमणमुक्त भएका छन् । अझै मुलुकभर ९८ जना सक्रिय संक्रमित छन् । हालसम्म नेपालमा ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणबाट हालसम्म ९ लाख ६७ हजार २ जना निको भएका छन् ।

टिप्पणीहरू