पोखरा सप्पै एमालेको भागमा

पोखरा सप्पै एमालेको भागमा

पोखरा महानगरपालिकाको कार्यपालिकमा एमालेले एकलौटी जितेको छ । कार्यपालिका सदस्यमा उठेका आठै जना एमाले उम्मेदवार विजयी भएका हुन् ।

महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन,मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी भए । उनीहरू सबैले ८६ मत पाएका हुन् ।

दलित तथा अल्पसंख्यकमा निर्मल दियाली,गोविन्द तुलाचन र दीपक घिमिरे विजयी भएका हुन् । दियालीले सर्वाधिक ८७ मत पाए । उनले एक मत गठबन्धनको खोसेका हुन् ।

पोखरा महानगरको मेयर भने एकीकृत समाजवादीले जितेको छ । महानगरका ३३ मध्ये कांग्रेसले २२ र एमालेले ९ वडा जितेका छन् ।

टिप्पणीहरू