एमालेका तीन नेता निलम्बित

एमालेका तीन नेता निलम्बित

नेकपा एमालेले पोखरा महानगरपालिकाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै तीन नेतालाई कारबाही गरेको छ । निर्वाचनको समयमा सार्वजनिक भ्वाईसको सुक्ष्म अध्ययन गर्दा अनुशासन उल्लघंन भएको पाइएपछि उनीहरुलाई कारबाही गरिएको हो ।

‘पार्टीका सम्बन्धित कमिटीले तीनै जनालाई स्पष्टीकरण सोधी विधानको धारा ८० अनुसार अनुशासन उल्लघंन गरिएको ठहर सहित धारा ८१ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको हो’ जिल्ला कमिटी कास्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।पोखरा २१ अन्तर्गत संगठित सदस्य मनोज पहारीलाई निलम्बन गरिएको छ । त्यसैगरी, पोखरा ३३ वडा उपाध्यक्ष महेश अर्याललाई जिम्मेवारीबाट हटाइएको छ । सोही वडाका पार्टी संगठित सदस्य प्रशान्त आचार्य पनि निलम्बित भएका छन् ।

टिप्पणीहरू