बैतेश्वरमा सरकारी दुई दिने बिदामाथि बन्देज

बैतेश्वरमा सरकारी दुई दिने बिदामाथि बन्देज

दोलखाको बैतेश्वर गाउँपालिकाले सरकारको निर्णय अस्वीकार गरेको छ । गाउँपालिकाले साताको दुई दिन बिदा दिने निर्णय अस्वीकार गरेको हो ।

पालिकाको अस्तिको बैठकले वडा कार्यालय,स्वास्थ्य संस्था तथा विद्यालयहरुमा सरकारको निर्णय कार्यान्वयन नगर्ने निष्कर्ष निकालेको छ ।

हप्ताको एकदिन शनिवारबाहेक अन्य दिन सम्पूर्ण क्षेत्रहरु यथावत सञ्चालन हुने पालिकाले जनाएको छ ।

कार्यालय समय आइतबारदेखि बिहीबारसम्म बिहान १० देखि ५ र शुक्रबार बिहान १० देखि ३ कायम गरिएको छ ।

टिप्पणीहरू