स्वास्थ्य निर्देशनालयलाई चिकित्सकको खाँचो

स्वास्थ्य निर्देशनालयलाई चिकित्सकको खाँचो

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयलाई चिकित्सक र स्वास्थ्यकर्मीको खाँचो परेको छ । निर्देशनालयले चापागाउँ अस्पताल, ललितपुरको निम्ति स्वास्थ्यकर्मीको माग गरेको हो ।

नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को अनूसूची ६ अनुसार करार सेवामा स्वास्थ्यकर्मी माग गरिएको हो । निर्देशनालयले दुई जना मेडिकल अधिकृत, दुई जना स्टाफ नर्स, तीन जना रेडियोग्राफर, तीन जना ल्याब टेक्निसियन, दुई जना हेल्थ असिसटेन्ट, एक जना फार्मेसी सहायक र एक जना सहायक कम्प्युटर अपरेटरको निम्ति आवेदन माग गरेको छ ।

अन्तरवार्ताबाट उम्मेदवार छनोट गरिने निर्देशनालयले जनाएको छ । उम्मेदवारले प्रदेश लोकसेवा आयोग, हेटौंडाले तोकेअनुरुप दस्तुर तिरेर अस्पतालको इमेलमा स्क्यान गरि पेश गर्नुपर्नेछ ।

दस्तुरसँगै नेपाली नागरिक, शैक्षिक योग्यता, अनुभव, तालिमको प्रमाणपत्रको प्रतिलिपि पनि बुझाउनुपर्नेछ । अन्तरवार्ता आगामी असार १ गते हुनेछ ।

टिप्पणीहरू