साउदी अरेबियामा अड्किएका ११८ जनलाई एक्जिट भिसा

साउदी अरेबियामा अड्किएका ११८ जनलाई एक्जिट भिसा

वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका एकसय १८ जनाले स्वदेश फर्किन एक्जिट (बर्हिगमन) भिसा पाएका छन् । त्यहाँ रहेको नेपाली दूतावासको प्रयासमा उनीहरुलाई एक्जिट भिसा मिलेको हो ।

विभिन्न कम्पनीमा काम गर्दा साउदीको आवासीय अनुमति पत्र (इकामा) नबनाएका वा नवीकरण नगरिएका र विभिन्न समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश फर्किने प्रबन्ध दूतावासले मिलाएको हो ।

समस्यामा परेका श्रमिकले दूतावासमा आवेदन दिएपछि स्वदेश फिर्ताको प्रक्रियाका लागि साउदीका विभिन्न निकायमा पहल गरिएको थियो । रियादस्थित दूतावासले गएको दुई हप्तामा प्रक्रिया मिलाएका मध्ये ११८ जनाले एक्जिट भिसा पाएका छन् । दूतावासले एक्जिट भिसा पाएकालाई आफ्नो एक्जिट भिसाको पेपर लिएर जान अनुरोध गरेको छ ।

टिप्पणीहरू