प्रधानसेनापतिसङ्ग मन्त्री र मेयरको एकाध घण्टाको फरकमा भेट

प्रधानसेनापतिसङ्ग मन्त्री र मेयरको एकाध घण्टाको फरकमा भेट

प्रधानसेनापति प्रभुराम शर्मासँग हिजो दिउँसो एकाध घण्टाको फरकमा एक जना मन्त्री र काठमाडौं महानगरपालिकाका मेयरले भेट गरेका छन् ।

उहाँ पहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग भेट्न सिंहदरबारस्थित मन्त्रालय पुग्नुभएको थियो । मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग प्रधानसेनापतिले सवा १ बजेदेखि करिब आधा घण्टा भेटवार्ता गर्नुभएको हो ।

त्यसपछि जंगी अड्डा फर्कनुभएका शर्मासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पदभार ग्रहणलगत्तै भेट्नुभयो । साह भने प्रधानसेनापतिलाई भेट्न जंगी अड्डा जानुभएको थियो ।

टिप्पणीहरू