ओलीसङ्ग तीन घण्टासम्म बसेर क-कसले सल्लाह गरे ?

एमाले अध्यक्ष तथा विपक्षी दलका नेता केपी शर्मा ओलीले हिजो दुई जना एमाले नेतासँग छुट्टाछुट्टै तीन घण्टा वार्तालाप गर्नुभएको छ । उहाँलाई भेट्न सबैभन्दा पहिले सिन्धुपाल्चोकका नेता तथा पूर्व कानून र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पुग्नुभएको थियो ।

तामाङ बिहान सवा १० बजे बालकोट पुग्नुभएको बताइन्छ । अध्यक्षको वरिपरि उहाँ करिब दुई घण्टा बस्नुभएको थियो । तामाङ निस्कनुअघि नै त्यहाँ उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पुग्नुभयो ।

शेरबहादुर निस्केपछि अध्यक्षले उपाध्यक्षसँग सवा १२ बजेतिर बल्ल भेट गर्नुभएको हो । नेम्वाङ बालकोटको कुराकानी सकाएर सवा १ बजेतिर निस्कनुभएको थियो ।

टिप्पणीहरू