आज ९ जनामा कोरोेना संक्रमण, १३ जना निको

आज ९ जनामा कोरोेना संक्रमण, १३ जना निको

पछिल्लो २४ घण्टामा मुलुकभर ९ जनामा कोभिड संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा तीन हजार ४७ जनाको नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा १३ जना संक्रमणमुक्त भएका छन् । अझै मुलुकभर ९७ जना सक्रिय संक्रमित छन् । हालसम्म नेपालमा ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणबाट हालसम्म ९ लाख ६७ हजार ९१ जना निको भएका छन् ।

टिप्पणीहरू