मेलम्ची खानेपानीको मूलढोका बन्द

मेलम्ची खानेपानीको मूलढोका बन्द

मेलम्ची खानेपानीको मूलढोका बन्द गरिएको छ । वर्षा शुरु भएसँगै टनेलभित्र धमिलो पानी पसेपछि हिजो बिहानदेखि सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानीको मूलढोका बन्द गरिएको हो ।

मूलढोका बन्द गरिएसँगै महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । आजदेखि नै खानेपानी वितरणको समयतालिका पनि हेरफेर गरिएको छ ।

सरकारले मेलम्ची मुहान जलाधार क्षेत्रको भौगोलिक अध्ययन गर्ने आयोजनाले बताएको छ । सो अध्ययनबाट आएको प्रतिवेदनका आधारमा दिगोरूपमा खानेपानी व्यवस्थापनको लागि प्रयास हुने उसको भनाइ छ ।

गत वर्ष असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो । मर्मत सम्भार गरेर ११ वैशाखबाट पानी सुरूङमार्गमा पठाइएको हो ।

टिप्पणीहरू