आजै दुई डिआइजी कार्कीको मुध्दा पेशी,आजै दुई श्रीमान कार्की अदालत बाहिर

आजै दुई डिआइजी कार्कीको मुध्दा पेशी,आजै दुई श्रीमान कार्की अदालत बाहिर

आफ्नो रोलक्रम मिचेर तेस्रो नम्बरको एआइजीलाई आइजीपी बनाएको भन्दै बिश्वराज पोख्रेलले सर्वोच्च अदालतमा हालेको रिटको आज सुनुवाई हुँदैछ । धिरजप्रताप सिंहलाई आइजीपी बनाउने सरकारको निर्णयविरूध्द सर्वोच्चमा परेको रिटमाथि एकछिनमा सुनुवाई हुन लागेको हो ।

उक्त मुध्दा न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा परेको छ । आइजीपी नियुक्ति प्रकरणमा परेको मुद्दामा सर्वोच्च अदालतले यसअघि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । वैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले निवेदककर्ताको मागबमोजिम उक्त मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

विश्वराज पोखरेलले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गृह मन्त्रालय,प्रहरी प्रधान कार्यालय र आइजीपी धिरजप्रताप सिंहलाई विपक्षी बनाईएको छ ।

अदालतले अन्तरिम आदेश नदिएपछि आइजीपीमा बढुवा भएका धिरजप्रताप सिंह दर्ज्यानी चिन्ह लगाएर हाल नेपाल प्रहरीको नेतृत्व गरिरहेका छन् ।

यता तत्कालीन डिआइजीहरु ईश्वरबाबु कार्की,घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीले नेपाल प्रहरीमा गरिएको एआईजी बढुवाको विरुध्दमा हालेको मुद्दा पनि आजै उक्त इजलासमा परेको छ । दुवैजना डिआईजी कार्कीहरु अवकास पाएर घर गएका छन् ।

आजै सर्वोच्चका दुई जना कार्की श्रीमान् जुम्ला पुग्नुभएको छ । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की र त्यसपछिका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्की उच्च अदालत जुम्लाको भवन उद्घाटनको निम्ति त्यता जानुभएको हो ।

टिप्पणीहरू