गुरुको अपमानविरुद्ध चरणबद्ध आन्दोलन गर्ने जुम्ली समाजको चेतावनी

गुरुको अपमानविरुद्ध चरणबद्ध आन्दोलन गर्ने जुम्ली समाजको चेतावनी

नेपाली चलचित्र कबड्डी ४ की नायिका मिरुना मगरले सार्वजनिकस्थलमा लामा अर्थात् धर्म गुरुमाथि झापड हानेर प्रहरीकोमा बुझाएको घटना अस्वाभाविक भएको आरोप लागेको छ । नायिकाले लामालाई झापड हान्नु र प्रहरीकोमा बुझाउनु गुरुको अपमान भएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका हुन् ।

सोही घटनामा मुछिएकी नायिकालाई कारबाहीको माग गर्दै कर्णाली प्रदेशका अभियन्तालगायत जुम्ली समाज काठमाडौंले जिल्ला प्रशासन कार्यलय, काठमाडौंमा ज्ञापन पत्र बुझाउने तयारी गरेको छ ।

उनीहरुले माग सम्बोधन नभए चरणबद्ध आन्दोलनको चेतावानी दिएका छन् । आन्दोलन कार्यक्रम घोषणा गर्न कर्णालीबाट अध्ययनको निम्ति काठमाडौंमा बस्दै आएका सबै र सम्पूर्ण न्यायप्रेमी जनतालाई आज दिउँसो १ बजे माइतीघर मण्डलामा उपस्थित हुन समेत उनीहरुले अनुरोध गरेका छन् ।

अस्ति दिउँसो राजधानीको एउटा व्यापारिक भवनमा नेपाली चलचित्र कब्बडी ४ हेर्न गएका लामाले फिल्म सकिएपछि घर फर्किने बेलामा आफ्नो शरीरमा पछाडिबाट छोएर दुव्र्यवहार गरेको नायिकाले आरोप लगाएकी हुन् ।

नायिका मिरुनालाई पछाडिबाट नियतवश छोएको आरोप र उजुरीको आधारमा पक्राउ गरिएको छ । नायिकाले दिएको उजुरीमा मुगु घर भई काठमाडौंमा बुद्ध धर्म सम्बन्धी अध्ययन गर्दै आएका फुर्बा लामालाई प्रहरीले पक्राउ गरेको हो ।

नायिकाले आफूलाई छोएको भन्दै सार्वजनिकस्थलमै लामालाई झापड हानी प्रहरीलाई बुझाएकी थिइन् । अहिले नायिकाको उक्त हर्कत आवश्यकताभन्दा बढी र गैरजिम्मेवार भएकोमा महिलाहरुले नै विरोध गरेका छन् ।

टिप्पणीहरू