बिदामा पेट्रोल

बिदामा पेट्रोल

पेट्रोलियम पदार्थ झनै बढी खपत भो भनेर सरकारले दुई दिने बिदाको नीति ल्याएको थियो । तर दुई दिनको बिदाले पनि पेट्रोलको खपत घट्ला जस्तो देखिएन । किनभने बिदा भएपछि घुम्न निस्किनै प¥यो ।

होइन भने श्रीमती कराउने, बच्चाबच्चीले किचकिच गर्ने । घरमा बस्नै नसकिने । अनि घुम्न निस्केपछि गाडी चलाउनै प¥यो, पेट्रोल हाल्नै प¥यो । अफिस जाँदा बरु १० किलोमिटर गुडे पुग्ने गाडीलाई बिदाको दिन झन् १०० किमि नगुडी सुख्खै छैन ।

कसैको त यही बेला गाउँ जाने पनि कार्यक्रम होला । अथवा ससुरालीतिर जाने कार्यक्रम पनि बन्ला । ससुराली गएपछि झन् हजार किलोमिटर भन्दा कम के गुड्ला ?

अतः पेट्रोल त जे गर्दा पनि घट्ने छाँट देखिँदैन । स्थिति यस्तै रह्यो भने त सरकारले हप्ताको दुई दिन बिदा रद्द गरेर हप्ताको दुई दिन खुल्ने नीति पो ल्याउने अवस्था आइपर्ला कि ?

टिप्पणीहरू