महेश बस्नेतको पित्त थैलीको ढुंगा निकालियो,मन्त्री हुँदा एपेण्डिक्सको पालो

महेश बस्नेतको पित्त थैलीको ढुंगा निकालियो,मन्त्री हुँदा एपेण्डिक्सको पालो

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत अस्पताल भर्ना हुनुभएको छ । उहाँको पित्तथैलीमा पत्थरी (ढुंगा) देखिएपछि आज अपरेशन गरिएको हो ।

उहाँको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र,भक्तपुरमा शल्यक्रिया गरिएको छ । अस्पतालका अनुसार आज बिहान ९ बजे गरिएको शल्यक्रियापछि उहाँलाई अस्पतालमै आराम गराइएको छ । पित्त थैलीको पत्थरी लेजर प्रविधिबाट निकालिएको चिकित्सकले बताएका छन् । बस्नेतलाई भोलि घर पठाइने छ ।

यसअघि उद्योग मन्त्री भएको बेला पनि यसरी नै शल्यक्रिया गरिएको थियो । त्यतिबेला एपेन्डिक्सको शल्यक्रिया गरिएको हो । बस्नेतको एपेन्डिक्सको अपरेशन भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा भएको हो ।

टिप्पणीहरू