बानेश्वरको होटलमा दुई कम्युनिस्ट अध्यक्षको एकान्त वार्ता

बानेश्वरको होटलमा दुई कम्युनिस्ट अध्यक्षको एकान्त वार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच अघि नयाँ बानेश्वरस्थित एउटा होटलमा भेटवार्ता भएको छ ।

उक्त भेटमा माओवादी नेता तथा पूर्वमन्त्री शक्ति बस्नेत पनि सहभागी हुनुहुन्थ्यो । झण्डै डेढ घण्टा छलफल भएको हो ।

यता संघीय संसद सचिवालय सिंहदरबारमा प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बसेको छ ।

समितिकी सभापति पवित्रा निरौला (खरेल) को सभापतित्वमा बसेको बैठकमा पर्यटनमन्त्री प्रेमबहादुर आले,कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला,सांसद तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल,एमाले नेता नेता भीम रावललगायत डेढ दर्जनको उपस्थिति छ । बैठकमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे छलफल भएको बताइन्छ ।

सरकारले हिजो सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त विमानस्थल नेपाल सरकार आफैँले बनाउने निर्णय गर्दै आवश्यक बजेट छुट्याइएको छ ।

टिप्पणीहरू