शिक्षामा ७० अर्ब छुट्याइयो

शिक्षामा ७० अर्ब छुट्याइयो

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त जानकारी दिनुभएको हो ।

शिक्षातर्फ प्रत्येक प्रदेशलाई पाँच अर्ब ३२ करोड रूपैयाँ अनुदान दिने सरकारको निर्णय छ । त्यस्तै, स्थानीय तहमा एक खर्ब २१ अर्ब एक करोड रूपैयाँ हस्तान्तरण गरिएको अर्थमन्त्री शर्माले बताउनुभयो ।

टिप्पणीहरू