कोरोना प्रभावित होटेलको इजाजत र नविकरणमा छुट

कोरोना प्रभावित होटेलको इजाजत र नविकरणमा छुट

सरकारले कोरोना महाबारीबाट प्रभावित होटेल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको इजाजत र नविकरणमा छुट दिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोरोना प्रभावित क्षेत्रका होटेल र पर्यटनसँग सम्बन्धित व्यवसायको इजाजत र नविकरण गर्दा छुट दिने व्यवस्था मिलाउने प्रतिबद्ध जनाउनु भएको हो ।

यसका साथै पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिने अर्थमन्त्रीको भनाइ छ । सरकारले आगामी सरकारले आगामी वर्ष १० लाख थप पर्यटक भित्र्याउने लक्ष लिएको छ ।

टिप्पणीहरू