नख्खू जेलबाट ३२ जना निस्किए

नख्खू जेलबाट ३२ जना निस्किए

आज गणतन्त्र दिवसको अवसर पारेर देशैभरि विभिन्न जेलमा रहेका कैदिबन्दीहरुलाई आममाफी दिने गरिएको छ ।  त्यसैको सिलसिलामा यस पटकको गणतन्त्र दिवसमा पनि धेरै कैदीबन्दीलाई आचरण हेरेर कैद छुट दिइएको समाचार छ। ललितपुरस्थित नख्खु कारागारबाट ३२ जना बन्दीलाई माफी दिइएको छ ।

विभिन्न अपराधमा या राजनीतिक आस्थामा जेल जीवन कटाइरहेका बन्दीहरु मध्ये आज छुट्नेमा २३ जनाले ५० प्रतिसत कैद भुक्तानी गरिसकेका थिए भने ६ जनाले ४० प्रतिशत कैद भुक्तान गरिसकेका थिए ,त्यस्तै आममाफी पाउनेमा ३ जना रहेको बताइएको छ। हरेक बर्ष आउने गणतन्त्र दिवश पारेर राष्ट्रपतिको स्वीकृतिमा केहि कैदीबन्दीलाई छुटकारा दिने गरिएको छ ।

टिप्पणीहरू