निजी २ वटा हेलिकप्टर फर्किए,सेनाको बल्ल उड्यो

निजी २ वटा हेलिकप्टर फर्किए,सेनाको बल्ल उड्यो

तारा एअरको बेपत्ता जहाज खोज्न गएको हेलिकप्टर खराब मौसमका कारण त्यसै फर्किएको छ । जहाज दुर्घटनाको आशंका गरिएको स्थानतर्फ गएका प्रभू र फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति जारी गर्दै मौसमको प्रतिकूलताका कारण हराएको जहाज खोजीकार्य कठिन भएको जानकारी दिएको छ ।

बेपत्ता जहाज खोज्न पोखरा,जोमसोम र काठमाडौँमा हेलिकप्टर तयारी अवस्थामा राखिएको र मौसम अनुकूल हुनेबित्तिक्कै पुन: त्यसतर्फ पठाइने प्राधिकरणको भनाइ छ । स्थलमार्गबाट नेपाली सेना र नेपाल प्रहरीलाई खटाइएको पनि जनाइएको छ ।

चालक दलका ३ सदस्यसहित ६ विदेशी र १३ नेपाली यात्रु बोकेर आज बिहान पोखराबाट जोमसोम उडेको ताराको जहाज साढे ३ घण्टादेखि सम्पर्कबिहीन छ ।

टिप्पणीहरू