आकाशमा दुई फन्को मारेर बादलभित्र छिरेको जहाज बेपत्ता

आकाशमा दुई फन्को मारेर बादलभित्र छिरेको जहाज बेपत्ता

पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता तारा एयरको जहाज खराव मौसमका कारण मुस्ताङको लेतेमा दुई पटक घुमेको स्थानीयले बताएका छन् । मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ दुई पटकसम्म घुमेको बताएका हुन् ।

बादल लागेका कारण जहाज नदेखिएको तर आवाज ठूलो आएको उनीहरूको भनाइ छ ।

लेतेमा रहेका पत्रकार सुशील थकालीले भने,‘यहाँका स्थानीयले आवाज सुनेका रहेछन् । प्रहरीले पनि त्यो आवाज सुनेको भन्ने छ । बादलले टम्मै छ । कतै केही देखिँदैन । हल्का पानी परिरहेको छ ।’

अहिले प्रहरी लेते क्षेत्रमा केन्द्रित भएर खोजीमा जुटेको उनले बताए ।

टिप्पणीहरू