हराएको जहाजमा भारतीय र जर्मनी नागरिकसहित १३ नेपाली

हराएको जहाजमा भारतीय र जर्मनी नागरिकसहित १३ नेपाली

पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता तारा एयरलाइन्सको ९ एनएईटी कल साइन ट्विनअटर विमानमा ६ बिदेशीसहित १३ नेपाली यात्रु रहेको खुलेको छ । ३ जना चालक दलका सदस्यसहित २२ जना सवार जहाज बिहान साढे ९ बजेदेखि सम्पर्कविहीन भएको हो ।१०:१७ बजे जोमसोम अवतरण गर्नुपर्ने जहाज उडेको केही मिनेटमै सम्पर्कबाट बाहिरिएको हो । जहाजमा २ जर्मन, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एअरले जनाएको छ । चालक दलका सदस्यमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सब पोख्रेल तथा एयरहोस्टेज क्रिष्टी थापा छन् ।

प्रहरीका अनुसार मुस्ताङ्गको लेतेमा ठूलो आवाज आएको भनि स्थानीयले खबर गरेपछि खोजिका लागि अर्को जहाज र सुरक्षाकर्मी परिचालन गरिएको छ ।

टिप्पणीहरू