दार्चुलमा पनि राजनीति गर्ने शिक्षकलाई ७ दिनको अल्टिमेटम

दार्चुलमा पनि राजनीति गर्ने शिक्षकलाई ७ दिनको अल्टिमेटम

दार्चुलाको मालिकार्जुन गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरुलाई कुनै राजनीतिक दलको आबद्धता भए छाड्न अल्टिमेटम दिइएको छ ।

गाउँकार्यपालिकाको गत शुक्रबारको बैठकले सात दिनभित्र राजनीतिक दलको आबद्धता त्याग्न निर्देशन दिएको हो ।

गाउँपालिकाभित्र रहेका शिक्षक र कर्मचारीले सात दिनभित्र आफूले राजनीतिक दलसँगको आवद्धता त्यागेको विवरण पेश गर्न भनिएको छ । गाउँपालिकाका अध्यक्ष हिरासिंह धामीका अनुसार तोकिएको समयभित्र पार्टी नछोड्नेलाई कानुनबमोजिम कारबाही गरिने छ ।

‘सात दिनभित्र राजनीतिक दलको आबद्धता त्यागी÷त्याग्न लगाई सोको जानकारी गाउँपालिकाको कार्यालयमा पेश गर्न अनुरोध छ । अन्यथा कानुनबमोजिम भई जाने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ निर्णयमा भनिएको छ ।

साथै, गाउँपालिकाले सबै विद्यालय व्यवस्थापन समन्वय समितिहरुलाई त्यसमा आवश्यक समन्वय गर्न आग्रह गरिएको छ ।

टिप्पणीहरू