प्रधानमन्त्रीको अमेरिका भ्रमण, नेपाल उतै नजिकिएको प्रमाण

प्रधानमन्त्रीको अमेरिका भ्रमण, नेपाल उतै नजिकिएको प्रमाण

अहिलेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर अमेरिका औपचारिक भ्रमणमा वासिङ्गटन जानु मुलुक अमेरिकी कित्तामा पुग्नु रहेको नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले दाबी गर्नुभएको छ । उहाँले हिजो संसदमा नीति तथा कार्यक्रममाथि बोल्दै उक्त धारणा राख्नुभएको हो ।

छिमेकी मुलुक चीनलाई सशंकित बनाएर नेपाललाई अमेरिकी कित्तामा लैजान खोज्नु मुलुकको हित प्रतिकूल हुने उहाँको ठोकुवा छ । उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीको अमेरिका भ्रमणप्रति अहिलेदेखि नै सचेत हुन जरुरी छ ।’

अघिल्लो साता अमेरिकी उपविदेश मन्त्री उज्रा जियाले राजधानीस्थित तिब्बती शरणार्थी शिविरको खुल्लमखुल्ला भ्रमण गरेको विषयको चौतर्फी विरोध भएको छ । उपमन्त्रीले तिब्बती निर्वासित दलाई लामाका सांसदहरुसँग समेत पटक पटक भेट गर्नुभएको थियो ।

टिप्पणीहरू