बैंगलोर उडेको जहाजमा धर्मगुरु,लुटनबाट आएको चार्टर प्लेनमा को-को ?

बैंगलोर उडेको जहाजमा धर्मगुरु,लुटनबाट आएको चार्टर प्लेनमा को-को ?

हिजो दिउँसो काठमाडौंमा एउटा चार्टर जहाज अवतरण गरेको छ । दिउँसो पौने २ बजे उक्त जहाज बेलायतको लुटनबाट आएको बताइन्छ ।

उडान नम्बर एन ९६२० नम्बरको जहाजबाट दुई जना अमेरिकी र एक जना भारतीय नागरिक आएका थिए ।

तर ती को हुन्,किन आएका हुन् र कहिले फर्कन्छन् भन्नेबारे केही खुलाइएको छैन ।

लुटन बेलायतमा फुटबलको निम्ति निकै प्रसिद्ध दक्षिण पश्चिमको सानो शहर हो । त्यहाँ सवा २ लाख जनसंख्या बसोबास गर्छन् ।

हिजै काठमाडौंबाट बौद्ध धर्मका गुरु ग्याङ खाङ टुल्कु रिम्पोेचेको टोली भारतको बैंगलोर गएको छ । उक्त टोली नेपाल वायुसेवाको आरए २२६ उडानबाट दिउँसो सवा २ बजे उडेको हो ।

टिप्पणीहरू