सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर ‘कन्टिन्यु’

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर ‘कन्टिन्यु’

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर पुनः हाजिर भएर नियमित काममा खटिएका छन् । मुख्य रजिष्ट्रारबाट एक तह झारेर उच्च अदालत,पाटनको न्यायाधीशमा फालिएपछि कुँवर लामो बिदा लिएर बसेका थिए ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्यायपरिषद बैठकले उच्च अदालतको न्यायाधीशमा सिफारिस गरे पनि कुँवरले ठाडै अस्वीकार गर्दै आएका हुन् । लामो समय बिदा लिएर न्यायाधीश नियुक्तिलाई अस्वीकार गरेका उनी पुनः सर्वोच्च अदालत फर्केपछि अब कुनै समस्या नदेखिएको बताइन्छ । सर्वोच्च अदालत स्रोत भन्छ, ‘अब उहाँ त्यता जानु पर्दैन । मुख्य रजिष्ट्रारको हैसियतमा काम गरिरहनुभएको छ ।’

सर्वोच्च अदालतमा हाजिर भएपछि धेरै पटक मुख्य रजिष्ट्रारको हैसियतमा बिदा पनि स्वीकृत भइसकेको छ ।

टिप्पणीहरू