एकाबिहानै टुँडिखेलमा गणतन्त्र दिवस

एकाबिहानै टुँडिखेलमा गणतन्त्र दिवस

टुँडिखेलमा गणतन्त्र दिवस मनाइएको छ । आज बिहान ८ बजे गणतन्त्र दिवस कार्यक्रम शुरु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्छ । त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन र विशेष अतिथि प्रधानमन्त्री शेरबहादुर देउवा पनि कार्यक्रममा सहभागी हुनुभएको छ ।

प्रधानसेनापति,नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, विशिष्ट महानुभावलगायत झण्डै ६ सय जनाको सहभागितामा सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस कार्यक्रम आयोजना गरिएको छ ।

आजै शीतल निवासमा सो अवसरमा चियापान कार्यक्रमको आयोजना गरिँदैछ । संविधानअनुसार सरकारले तयार पारेको आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री जनार्दन शर्माले संसद बैठकमा अपरान्ह प्रस्तुत गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू