भीरबाट लडेर जयप्रकाशको मृत्यु

भीरबाट लडेर जयप्रकाशको मृत्यु

ताप्लेजुङमा भीरबाट खसेर एक जनाको ज्यान गएको छ । पाथीभरा याङवरक गाउँपालिका २, थेचम्बू बस्ने ६७ वर्षीय जयप्रकाश तामाङको भीरबाट लडेर मृत्यु भएको हो ।

निजका आफन्त प्रेमसिं तामाङका अनुसार थेचम्बूकै भीरमा बाख्रा चराउन गएको समयमा जयप्रकाशको लडेर मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमको लागि आजै ताप्लेजुङ अस्पताल ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाका बारेमा अनुसन्धा शुरु गरिएको छ ।

टिप्पणीहरू