एमाले हार्नुमा इच्छाराजको हात ?, नयाँ आयो बात

एमाले हार्नुमा इच्छाराजको हात ?, नयाँ आयो बात

स्थानीय तह निर्वाचनमा यसअघि जितेका झण्डै एक सय तह गुमाएर पहिलोबाट दोस्रोमा पुगेको नेकपा एमालेले चुनावी परिणामको औपचारिक समीक्षा गरिसकेको छैन । तर,अध्यक्ष केपी शर्मा ओलीले परस्पर अन्तरविरोधी कुरा गर्दै पार्टी पराजयबारे दुईथरि धारणा सार्वजनिक गरेपछि नेता-कार्यकर्ता अन्योलमा परेका छन् ।

तीन दिनअघि संसदीय दलको बैठकमा पार्टीभित्रैको अन्तर्घातले नसोचेको नतिजा व्यहोर्नु परेको भन्दै ओलीले आफैंतिर प्रश्न सोझ्याउनुभएको थियो । त्यसको २४ घण्टा नबित्दै अस्ति प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले सरकार र सत्तापक्षीय पार्टीहरुले धाँधली गरेर एमालेलाई योजनावध्द रूपमा हराइएको आरोप लगाउनुभयो । अध्यक्षबाट दुई दिनमा दुई खालका धारणा बाहिरिएपछि नेता-कार्यकर्ता पार्टी हारको कारणबारे अन्योलमा परेका हुन् ।

चुनावको परिणामलाई लिएर ओलीको अन्तरविरोधी धारणामाथि काठमाडौँका आम मतदाताले जवाफ फर्काइसकेका छन् । सत्तारुढ दलकै उमेदवार हार्नुले चुनावमा सत्ताको प्रभाव परेको ओलीको दाबीमा दम नभएको पुष्टि भएको छ । काठमाडौँको नतिजाले सरकार र सत्तारुढ दलले चुनावमा धाँधली गरेको आरोपलाई पूर्णत: खारेज गरिदिएको छ ।

‘इच्छाराजबाट कम्तिमा पनि दुई हजार जना पीडित छन् । तीमध्ये अधिकांश एमाले समर्थक हुन् । यदि एक जना पीडितसंग तीन भोट मात्रै रहेको मान्दा पनि छ हजार भोटर्स घट्ने देखियो । अझ उनीहरुका आफन्त, साथीभाइ पनि जोड्ने हो भने त्यो संख्या १० हजार पुग्न सक्छ । चुनावमा १० हजार भोट चानचुने होइन,त्यतिले जीतहारकै फैसला हुन्छ ।”

ओलीसहित एमाले नेताहरुले अन्तर्घात र धाँधलीको कुरा जोडतोडका साथ उठाइरहँदा एमालेकै समर्थक मतदाताहरुले भने एमाले नेतृत्वको सरकारले गरेका अलोकप्रिय काम र अनेक काण्डले परिणाम उल्टिएको बताउन थालेका छन् । शहरका सचेत मतदाताले प्रधानमन्त्रीका रुपमा ओलीले गरेका हरेक कामको जवाफ मतमार्फत प्रकट गरेकाले नतिजालाई सहज रुपमा लिएर समीक्षा गर्नुपर्नेमा उल्टै अरुलाई दोष दिनु गलत हुने उनीहरुको भनाइ छ ।

एमालेका एक समर्थकले त राजनीतिको आडमा उपत्यकाका जनतालाई ठग्ने सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङलाई पार्टी पराजयको कारण मानेका छन् । एमाले पूर्व सांसदसमेत रहेका तामाङले काठमाडौँका जनताको अरबौँ रुपैयाँ ठगेर बिल्लीबाठ पार्नु नै एमाले हारको मुख्य कारण रहेको उनको दाबी छ ।

प्रतिनिधि सभाको रोष्ट्रमबाट ओलीले सरकारमाथि धाँधलीको आरोप लगाएलगत्तै ती व्यक्तिले फेसबुकमा लेखेका छन्, ‘राजनीतिको आडमा इच्छाराजले काठमाडौँका जनतालाई ठग्नु एमाले हार्नुको एउटा मुख्य कारण हो ।’ सिभिल बैंकका पूर्वअध्यक्ष तथा सिभिल होम्सलगायत कम्पनीको मालिक रहेका तामाङले झण्डै दुई हजार निक्षेपकर्ताको करिब साढे आठ अर्ब ५७ करोड रुपैयाँ पचाइदिएको घटनालाई उनले काठमाडौँमा एमालेको हारसँग जोडेका हुन् ।

उनले थप अगाडि लेखेका छन्, ‘सोल्टीमोडको सहकारी भवन आफ्नो निजी कम्पनी सिभिल ग्रुपमा नामसारी गरेर लैजानु,सहकारीको जग्गामा बनेका ११ सय घर र सहकारीका जग्गा बेचेर पैसा बेपत्ता पार्नु,सहकारीको सम्पत्ति धितो राखेर विभिन्न बैंकबाट लिएको करोडौँ रकम झ्वाम पार्नु,चार अर्ब पर्ने सिभिल होटल १ अर्ब २५ करोडमा सुमार्गीलाई बेचेको भनेर सो पैसा हजम पार्नु,सिभिल मलमा रहेको सहकारीको ५० प्रतिशत शेयर भित्रभित्रै मिलेर सिभिल ग्रुपको कन्सल्ट्यान्सी र व्यवस्थापन शुल्क भनी ठगीको प्रपन्च मिलाउनु, लालकाजी गुरुङलाई दिएको ३८ करोड रुपैयाँ ऋणको बारेमा उच्च अदालत नजानु,जनताको पैसा लुटेर श्रीमती र छोराछोरीलाई अंशवण्डा गरेर दिनु गरी राजनीतिको आडमा काठमाडौँका जनतालाई ठग्नु काठमाडौँ महानगरपालिकामा नेकपा एमाले हार्नुको कारणमध्ये एक हो ।’

के एकजना इच्छाराजका कारण एमाले त्यतिधेरै बदनाम भएको र काठमाडौँमा उसको मत घटेको हो ? इच्छाराज एमालेमा त्यतिधेरै प्रभावशाली व्यक्ति हुन् ? काठमाडौँका एक जना रैथाने एमाले समर्थकले यसबारे यसरी बेलिबिस्तार लगाए, ‘इच्छाराजबाट कम्तिमा पनि दुई हजार जना पीडित छन् । तीमध्ये अधिकांश एमाले समर्थक हुन् । यदि एक जना पीडितसंग तीन भोट मात्रै रहेको मान्दा पनि छ हजार भोटर्स घट्ने देखियो । अझ उनीहरुका आफन्त, साथीभाइ पनि जोड्ने हो भने त्यो संख्या १० हजार पुग्न सक्छ । चुनावमा १० हजार भोट चानचुने होइन,त्यतिले जीतहारकै फैसला हुन्छ ।

निक्षेपकर्ताको अरबौँ कुम्ल्याएका इच्छाराज अहिले डिल्लीबजार जेलमा छन् ।

टिप्पणीहरू