माधव र झलनाथ बिहान सबेरै स्वयम्भूमा देखा पर्नुभयो

माधव र झलनाथ बिहान सबेरै स्वयम्भूमा देखा पर्नुभयो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले आज बिहान काठमाडौंका स्वयम्भू क्षेत्रको परिक्रमा गर्नुभएको छ । उहाँहरुले बिहान ८ बजे बुद्धपार्कमा भेला भएर स्वयम्भू घुम्नुभएको हो ।

काठमाडौं महानगरपालिकाको १५ नम्बर वडामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष र चारै जना सदस्यले विजय हासिल गरेपछि आज आयोजित बधाई तथा धन्यवाद र्यालीमा सहभागी हुन उहाँहरु त्यहाँ जानुभएको हो । कार्यक्रममा अध्यक्ष नेपाल र नेता खनालसहित सो क्षेत्रका सांसद जीवनराम श्रेष्ठ, नवनिर्वाचित वडाध्यक्ष ईश्वरमान डंगोल र विजयी उम्मेदवारलगायत झण्डै दुई सय जनाको सहभागिता थियो ।

उहाँहरु सबैले बुद्ध पार्कबाट किमडोल, भगवान पाउ,छाउनी अस्पतालपछाडिको भाग,भुईंखेल,च:मती, डल्लु हुँदै १५ नम्बर वडा घुम्नुभएको थियो । अन्तमा र्याली डल्लु पुगेर समापन भएको हो ।

टिप्पणीहरू