राष्ट्रिय सभाका समितिमा को-को सामेल ?

राष्ट्रिय सभाका समितिमा को-को सामेल ?

माननीय चुनिएको लामो समयपछि राष्ट्रिय सभाअन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरूको नाम बल्ल चयन भएको छ । पछिल्लो मनोनयनअनुसार दिगो विकास तथा सुशासन समितिमा सांसदहरू कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद विश्वकर्मा र सोनाम गेल्जेन शेर्पालाई राखिएको छ ।

त्यसैगरी विधायन व्यवस्थापन समितिमा सांसदहरू नारायणदत्त मिश्र,भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर र उदयबहादुर बोहरा रहनुभएको छ भने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सांसदहरू युवराज शर्मा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल,गोमादेवी तिमल्सिना,मदनकुमारी शाह (गरिमा),नरबहादुर विष्ट र मोहम्मद खालिदलाई राखिएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दुर्गा गुरूङ,जगतबहादुर पार्की,जयन्ती राई र राजेन्द्रदेवी गैरेलाई मनोनयन गरिएको छ ।

टिप्पणीहरू