रुख चिन्हमा किन भोट हालिस् भन्दै कुटपिट

रुख चिन्हमा किन भोट हालिस् भन्दै कुटपिट

स्थानीय निर्वाचन परिणाम अन्तिम अवस्थामा पुगेको छ । तर गोप्य रुपमा हालिएको भोट कतातिर भन्ने अनुमान लगाउँदै मतदाता कुट्ने क्रम रोकिएको छैन ।

यसैबीच नेपाली काँग्रेसको ‘रूख’ चिन्हमा भोट हालेको भन्दै सल्यानमा एमाले कार्यकर्ताले काँग्रेस कार्यकर्तालाई कुटेको बताइन्छ ।

उनीहरुले सल्यान त्रिवेणी गाउँपालिका २ राधागिटीका ३७ वर्षीय खिमबहादुर पुनमाथि आक्रमण गरेका हुन् । पुनले भने, ‘रुखमा किन भोट हालिस् भन्दै एमाले कार्यकर्ताले मलाई कुटे ।’

टिप्पणीहरू