बलात्कार विरोधी आन्दोलन भोलि पाटनमा

बलात्कार विरोधी आन्दोलन भोलि पाटनमा

नेपालमा पछिल्लो समय एकपछि अर्को यौनजन्य अपराधका घटनाहरु सार्वजनिक हुन थालेपछि त्यसविरुद्ध विभिन्न संघसंस्था, सरोकारवाला र अभियन्ताहरु आन्दोलनमा उत्रिएका छन् ।

उपत्यकाका विभिन्न स्थानमा दैनिकजस्तो विरोध प्रदर्शन भैरहेको छ । यसैक्रममा भोलि अपरान्ह ४ बजे पाटन दरबार स्क्वायरमा एक समूहले विरोध कार्यक्रम आयोजना गरेको छ ।

आठ वर्षअघि सुन्दरी प्रतियोगिताका आयोजक मनोज पाण्डेले आफूलाई बलात्कार गरेको एउटी युवतीले गत बुधबार खुलासा गरेकी थिइन् । त्योसँगै अहिले त्यस्तै घटनाहरु धमाधम सार्वजनिक भइरहेका छन् ।

बलात्कार कसूरसम्बन्धीको हदम्याद हटाउन र पिडितलाई न्यायको माग गर्दै संसददेखि सडकसम्म आवाज उठिरहेको छ । हिजोमात्रै छात्रामाथि शिक्षकले गरेको यौन दुव्र्यवहारविरुद्ध सेन्ट लरेन्स कलेजका विद्यार्थीले माईतीघरमा विरोध प्रदर्शन गरेका थिए ।

टिप्पणीहरू