श्रीमती मारेर पोलीवरी छिट्टै जेलबाट छुटेका डीआइजी कोइराला भर्खरै पक्राउ

श्रीमती मारेर पोलीवरी छिट्टै जेलबाट छुटेका डीआइजी कोइराला भर्खरै पक्राउ

सर्वोच्च अदालतले हिजो मुद्दा उल्टाइदिएका सशस्त्र प्रहरी बलका डीआइजी रञ्जन कोइराला केहीबेर अघि समातिएका छन् । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा यसअघि सर्वोच्च अदालतबाट भएको सजाय घटाउने फैसला हिजो साँझ उल्टिएसङ्गै अदालत हाताबाट फुत्किएका कोइरालालाई प्रहरीले बानेश्वरबाट पक्राउ गरेको हो ।

अपराध अनुसन्धान महाशाखाले हिजो साँझदेखि कोइरालालाई पक्रन संयन्त्र परिचालन गरेको थियो । हिजो दिउँसोसम्म अदालतमा देखिएका कोइराला मोबाइल अफ गरेर हिँडेको उनैकी कान्छी श्रीमती तारा रेग्मीले बताएकी थिइन् ।

हिजो सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि जिल्ला अदालत काठमाडौंले गरेको फैसलाअनुसार कर्तव्य ज्यानको मुद्दामा उनलाई जन्मकैद हुने फैसला सुनाएको थियो ।उनी केही समयअघि अमेरिका पुगेका थिए । अदालतबाट पहिलेझैँ मुद्दालाई निस्क्रिय बनाउने उद्देश्यले नेपाल आएको कान्छी श्रीमती निकट स्रोतले बताएको छ ।

टिप्पणीहरू