बूढा बाको मन यस्तरी बिग्रिएपछि

बूढा बाको मन यस्तरी बिग्रिएपछि

 नक्कली जग्गाधनी बनेर करोडौँ बैना रकम झ्वाम पार्न खोज्ने दुई जना समातिएका छन् । अर्कैको नाममा रहेको जग्गा झुक्याएर बेचबिखन गर्नका लागि मोलमूल्यांकन गरी बैना गरेर सवा पाँच करोड ठगेको आरोपमा प्रहरीले एक बृध्दसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर-७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका वडा नम्बर-८ का ५८ वर्षीय ईश्वर गाइजु छन् ।

खोटाङको बुईपा-३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बस्ने धनिराम राईले ठगीमा परेको भन्दै अधिकारी र गाइजुविरुद्ध किटानी जाहेरी दिएका थिए । भक्तपुरको सुडालस्थित ४ आना सरकारी जग्गा र अन्य व्यक्तिको निजी जग्गासमेत देखाएर उनीहरुले पाँच करोड २० लाख ठगी गरेको जाहेरीकर्ताले दाबी गरेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो मालपोत कार्यालय भक्तपुरको ढोकैबाट उनीहरुलाई समातेको हो । आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको महाशाखाले जनाएको छ ।

टिप्पणीहरू