धम्क्याएरै ७ करोड बटुल्न खोज्ने ६ पुरुष र १ महिला गिरफ्तार

धम्क्याएरै ७ करोड बटुल्न खोज्ने ६ पुरुष र १ महिला गिरफ्तार

योजनाबध्द तरिकाले व्यक्तिलाई फोनमार्फत र भेटघाटमा धम्क्याएर करोडौं रुपैयाँ असुल्न खोज्ने एउटा समूह समातिएको छ । चार जना पुरुष र एक जना महिला रहेको उक्त समूहले व्यक्तिलाई फोन गर्ने, यदाकदा भेट्ने र धम्क्याएर करोडौं रुपैयाँ माग्ने गरेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई समातेको हो ।

‘सात करोड मागेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरुलाई पक्रेको हो,’ प्रहरीले भनेको छ । उनीहरुलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानबाट समातिएको हो ।

हाल जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएका उनीहरुमाथि थप अनुसन्धान भैरहेको छ । ठग्दै हिँडेर अहिले प्रहरीको नियन्त्रणमा पुग्नेमध्ये गोठाटार बस्ने उदयपुरको त्रियुगा-१० का २१ वर्षे सुजन आचार्य,कालिकोटको सान्नित्रिवेणी ८ घर भई हाल बूढानीलकण्ठ बस्ने २९ वर्षे टेक बिक र खप्तडछान्ना ७, बझाङ घर भई हाल कोटेश्वर बस्ने २९ वर्षे धर्मराज थापा हुन् ।
त्यसैगरी काभ्रेपलाञ्चोक २, तेमाल घर भएका र हाल काँडाघारीमा बस्दै आएका ३३ वर्षे उमेश भण्डारी, गुल्मीको धुरकोट २ घर भई हाल रातोपुल बस्ने २९ वर्षीया बसन्ता खनाल र भरतपुर ११, चितवनका स्थायी वासिन्दा तर अहिले सिनामंगल बस्ने ३२ वर्षे सुरज शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं ९, सिनामंगल घर भएका ३३ वर्षे श्रवण कार्की पनि ठगीको आरोपमा समातिएका छन् ।

टिप्पणीहरू