मनकारीहरूको फराकिलो मन (फोटो फिचर)

मनकारीहरूको फराकिलो मन (फोटो फिचर)

कोरोना भाइरस को विश्वब्यापी संक्रमण बढ्दो छ । यसै कारण देश चालिसौं दिनको लकडाउनबाट गुज्रिरहेको छ । लकडाउन कहिलेसम्म भन्ने अनिश्चित छ । यसैबीच विभिन्न समाजसेवी, व्यक्ति तथा संघसंस्था व्यस्त छन्, विभिन्न असहाय तथा दिनदुःखी नागरिक अनि सडकमा तथा मठमन्दिरमा भोकाएर रहेका पशुपन्छीहरुलाइ खाना खुवाउन तथा राहत बाँड्न । यस्ता दाताहरुप्रति हृदयदेखि नमन तथा आभार !

हनुमान ढोकामा स्थानीय तथा दानी व्यक्तिहरूको पहलमा खाना बाँडिदै ।

बोधिसत्व विहार बूढानीलकण्ठको तर्फबाट स्वयम्भूमा रहेका बाँदर तथा अन्य पशुपन्छीलाई आहारा बाँडिदै ।

स्वयम्भू भुइँखेलमा खाना खाँदै सर्वसाधारण ।

स्वयम्भू भुइँखेलमा खानाको लाइनमा सर्वसाधारण । वडास्तर तथा विभिन्न व्यक्तिगत समाजसेवीको सहयोगमा यहाँ हरेक दिन दिनदुःखीलाई भोजन खुवाइन्छ ।

स्वयम्भूमा कुकुरहरुलाइ खाना बाँड्दै महिला ।

भद्रकालीमा परेवाहरुलाइ दाना बाँड्दै ।

इचंगु नागार्जुन नगरपालिकामा स्थानीय दानीहरुबाट प्रदान गरिएको खाना खाँदै ।

इचंगु नागार्जुन नगरपालिकामा खानाको लागि लाम ।

टिप्पणीहरू