आज १२ जनामा संक्रमण, १३ जना संक्रमणमुक्त

आज १२ जनामा संक्रमण, १३ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा तीन हजार ३८७ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा र एक हजार १४९ जनाको एन्टिजेटन परीक्षण गर्दा चार जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १३ जना संक्रमणमुक्त भएका छन् । अझै मुलुकभर १२४ जना सक्रिय संक्रमित छन् ।

टिप्पणीहरू