के यिनै हुन्, सरकारका रक्षा कवच ?

के यिनै हुन्, सरकारका रक्षा कवच ?

अहिलेको राजनीति कति निर्मम छ भने, जुन कुरा प्रतिपक्षीहरुले उठाउनुपथ्र्यो र सत्तारुढ एक ढिक्क भएर प्रतिरक्षामा उठ्नुपथ्र्यो, काम–कुराचाहिँ ठीक विपरित छ ।

संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिना पनि निर्णय कामयावी हुन्छन् भन्ने अध्यादेश फिर्तालगत्तै बालुवाटार बोलाइएका शेरबहादुर देउवा हाँसिखुशी फर्किएको कुराले भन्छ, अहिले प्रचण्ड–माधवहरुले प्रधानमन्त्रीलाई प्रतिरक्षात्मक स्थितिमा पु¥याएप्रति बरु शेरबहादुर दुःखी होलान् । आधाभन्दा बढी सत्तारुढ नेता ‘हैन, अझै गलाउनुपर्छ’ भन्नेमा छन् । किनभने, शेरबहादुरले केही नपाउनुभन्दा केही केही पदमा आफ्ना सिफारिस लागु गराउने मौका अझै छ ।

जबकि, अघिल्लो सचिवालय बैठक आवश्यक  गृहकार्य गर्ने नाममा आज २० गतेका लागि बोलाइएको हो । यदि गृहकार्य गर्नु थिएन भने त्यति नै बेला वा भोलिपल्टै गर्नुपर्ने निर्णय गर्नमा समस्या थिएन । तर, के यसबीच पार्टीभित्रका विवाद व्यवस्थापन गर्ने हकमा गृहकार्य भए त ?

प्रचण्ड–माधवका हकमा केही गृहकार्य भए अलग कुरा, प्रधानमन्त्रीबाट चाहिँ फरक किसिमका गृहकार्य चले । जस्तो कि, प्रधानन्यायाधीश बोलाउने, अख्तियार प्रमुख बोलाउने र आफ्नो स्वार्थमुताविकका परामर्श गर्ने । यही क्रममा हो, विवाद व्यवस्थानमा केन्द्रित भएर हैन, नेतालाई अप्ठेरोमा पार्ने बाटोको खोजी भएको  ।

संविधानको भाग ८ को धारा ८५ उपधारा १ मा ‘प्रतिनिधिसभाको कार्यकालअगावै विघटन भएमाबाहेक पाँच वर्षको हुनेछ’ भनिएको छ । त्यसको उपधारा २ मा ‘संकटकालीन अवस्थाको घोषणा वा आदेश लागु रहेको अवस्थामा संघीय ऐनबमोजिम प्रतिनिधिसभाको कार्यकाल एक  वर्षमा नबढ्ने गरी थप गर्न सकिने’ भनिएको छ । र, उपधारा ३ मा ‘थप गरिएको प्रतिनिधिसभाको कार्यकाल संकटकालीन अवस्थाको घोषणा वा आदेश खारेज भएको मितिले ६ महिना पुगेपछि स्वतः समाप्त हुनेछ’ भनिएको छ ।

यही त्यान्द्रोमा टेकेर अगाडि बढ्न सकिन्छ कि भन्नेबारे पनि परामर्श भएको छ । यसरी केपीले अत्यन्तै रक्षात्मक भएर हिजोका आफ्नै इतिहास र लिगेसी विपरितका काम अगाडि बढाउनुभएको बुझिन्छ ।

वामदेवलाई प्रधानमन्त्री बनाउँछु भन्नेले केही महिनाअघि राष्ट्रियसभा सदस्यसम्म बनाउनु भएन । यसकारण यो कुरा पत्यारयोग्य नहुने नेताहरुको बुझाई छ । त्यसमाथि झलनाथ ‘वरिष्ठ नेता’ हुँदाहुँदै माधव नेपाललाई अध्यक्ष दिएर जान्छु भन्नुले पनि त्यही बुझाउँछ कि उहाँ कसरी सुरक्षित हुने भन्नेमै हुनुहुन्छ ।

अनि, यससँगै हस्ताक्षर संकलनदेखि नेताका गर्धन ताक्नेसम्मका काम भइरहेको नेकपाका नेताहरुको आरोप छ । उहाँले गृहकार्यका लागि माग्नुभएको चार दिनको समय यस्तै तानाबाना बुन्नमा बिताउनुभएको ती नेताको आरोप छ ।

टिप्पणीहरू