नबिल बैंक ग्लोबल पत्रिकाको शीर्ष २० सूचीमा

नबिल बैंक ग्लोबल पत्रिकाको शीर्ष २० सूचीमा

नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणीअन्तर्गत आइजे ग्लोबल पत्रिकाको शीर्ष २० बैंकहरूको सूचीमा सूचीकृत भएको छ ।

आइजे ग्लोबल युरोमनी संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो । जसलाई विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोतको रुपमा लिइन्छ ।

आइजे ग्लोबल तथ्याङ्कले ३२ हजारभन्दा बढी कारोबार, २६ हजार परियोजना र दुई हजार एक सय कोष समावेश गर्छ । यसलाई विश्वका शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८० प्रतिशत, शीर्ष कानुन फर्मको ९० प्रतिशत र शीर्ष वित्तीय सल्लाहकारको ८५ प्रतिशत बजारका आधारमा अद्यावधिक गर्ने गरिएको छ ।

अहिले नबिल बैंक १४ औं स्थानमा परेको बैंकले जनाएको छ । बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र लगानी बैंकिङमार्फत १५० शाखा, १८७ एटिएम र १७० भन्दा बढी बैंकिङ साझेदारहरुसँगको सहकार्यमा सेवा प्रदान गर्दै आएको छ ।

टिप्पणीहरू