प्रधानमन्त्रीलाई प्रचण्ड र माधव नेपालको सुझाव: निर्णय फिर्ता लिनुहोस्

प्रधानमन्त्रीलाई प्रचण्ड र माधव नेपालको सुझाव: निर्णय फिर्ता लिनुहोस्

सत्ता गठबन्धनका दुई शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनताको मन जित्न र लोकप्रिय हुन सुझाव दिनुभएको छ । उहाँहरुले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्य नबढाउन आग्रह गर्नुभएको हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि फिर्ता लिन सरकारलाई सुझाव दिनुभएको छ ।

पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि फिर्ता लिन विभिन्न १५ वटा विद्यार्थी संगठनले माग गरिसकेका छन् ।

टिप्पणीहरू