गृहमन्त्रीलाई १८९ मतको झड्का

गृहमन्त्रीलाई १८९ मतको झड्का

गृहमन्त्री बालकृष्ण खाँणको वडामै नेपाली कांग्रेसका उम्मेदवारले चुनाव हारेका छन् । कांग्रेसका नेतासमेत रहेका गृहमन्त्रीको वडामा एमालेले ‘क्लिन स्वीप’ गरेको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाइ रामकृष्ण खाँण मेयरमा उठेका छन् । उनको समेत घर रहेको वडा नम्बर ८ मा कांग्रेसले नमिठो हार व्यहोर्नु परेको हो ।

काँग्रेसका उम्मेदवारलाई हराउँदै एमालेका कृष्ण पौडेल १८९ मतान्तरका साथ वडाध्यक्ष जितेका हुन् । पौडेल २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत कांग्रेसका नगर सभापति हरिलाल पाण्डेलाई ५०७ मतको अन्तरले पराजित गरी वडाध्यक्ष निर्वाचित भएका थिए ।

यो वडामा तीन हजार ४६८ मत खसेको थियो । वडाध्यक्षमा पौडेलले एक हजार ६१५ मत पाएर विजयी हुँदा कांग्रेसका केशवराज अर्यालले एक हजार ४२६ मत पाए ।

टिप्पणीहरू