आज २१ जनामा संक्रमण, १३ जना निको

आज २१ जनामा संक्रमण, १३ जना निको

नेपालमा आज २१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा तीन हजार ६२८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

आज १३ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै कोरोना जित्नेको संख्या ९ लाख ६७ हजार २४ पुगेको छ । हाल नेपालमा १२९ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण आज पनि कसैको मृत्यु भएको छैन । हालसम्म ११ हजार नौं सय ५२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

टिप्पणीहरू