पाण्डाले तेस्रो बच्चा जन्माएपछि मलेसिया र चीनको सम्बन्ध झन् कसिलो

पाण्डाले तेस्रो बच्चा जन्माएपछि मलेसिया र चीनको सम्बन्ध झन् कसिलो

मलेसियामा गत वर्षको मे महिनामा जन्मिएको तेस्रो स्थानीय जातको पाण्डाको बच्चाको आधिकारिक नाम शेङ यी राखिएको छ । जसको अर्थ ‘शान्तिपूर्ण र मित्रता‘ हुन्छ ।

उक्त पाण्डाको नामले चीनसँगको कूटनीतिक सम्बन्धलाई मजबुत बनाउने मलेसियाली सरकारको विश्वास छ । मलेसियाका ऊर्जा तथा प्राकृतिक सम्पदामन्त्री ताकियुद्दीन हसनले जारी गरेको प्रेस विज्ञप्तिमा सो विश्वास उल्लेख गरिएको हो ।

‘मलेसिया सरकारको आशा छ कि शेङ यीले मलेसिया र चीनबीचको स्थापित सम्बन्धलाई बढाउन र सुधारमा मद्दत गर्न सक्छ,‘ विज्ञप्तिमा भनिएको छ ।चिडियाघरको पाण्डा संरक्षण केन्द्रमा आयोजित नामकरण समारोहमा मलेसियाका लागि चिनियाँ राजदूत ओउयाङ युजिङ पनि सहभागी थिए ।

चीन र मलेसियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४७ औँ वार्षिकोत्सवका अवसरमा आमा लियाङ लिआङ र बुबा सिङ जिङको तेस्रो सन्तानको रूपमा शेङ यीको जन्म मे ३१, २०२१ मा भएको हो ।

स्रोतः सिन्ह्वा

टिप्पणीहरू