सलमान नआउने, प्रमुख आयुक्तले गाल पाउने

सलमान नआउने, प्रमुख आयुक्तले गाल पाउने

बलिउड अभिनेता सलमान खानको नेपालमा आयोजना हुने भनिएको सांगीतिक टुर ‘दबंग टुर रिलोडेड’ फेरी रोकिएको छ । १४ जेठमा दशरथ रंगशालामा हुने भनिएको कार्यक्रम अन्तिम क्षणमा आएर आयोजक पक्षले स्थगित गरेको हो ।

विज्ञप्ति जारी गर्दै आयोजक ओडीसी इन्टरटेन्मेन्टले चुनावका कारण टिकट बिक्रीमा प्रभाव परेको उल्लेख छ । नेपालमा चुनावको मिति गत चैतमा नै घोषणा भएकाले दुई महिनापछि हुने कार्यक्रममा चुनावको असर देखाएर सलमान खानको कार्यक्रम रद्दगरिएको जनाएको छ ।

सलमानसहितको टिमले आउँदो शनिबार दशरथ रंगशालामा कन्सर्ट गर्ने कार्यक्रम थियो । आयोजकले टिमलाई अग्रिम पारिश्रमिकसमेत दिइसकेको छ । तर, अहिले तयारी नपुगेको र अन्य कारण देखाएर कार्यक्रम स्थगन गरिएको हो ।

भारतबाट ल्याउन लागिएको साउण्ड सिस्टमका सामानको ट्रक सिमाना पुगेको तर, भन्सार अनुमतिपत्रमा ढिलाई भएको, प्रतिकूल मौसमका कारण समयै भन्सार क्लियरेन्स हुन नसक्दा कार्यक्रम रोकिएको विज्ञप्तिमा उल्लेख छ ।

अहिलेसम्म धेरै टिकट अनलाइनबाट बिक्री भइसकेको बताइन्छ । टिकट काटेकाहरूले टिकट फिर्ता गर्न वा त्यसैबाट अर्को मितिमा हुने कन्सर्ट हेर्न सक्ने तर टिकट रद्द गर्न चाहनेले टिकट लगेर ‘लक’ भएको पैसा फिर्ता लिन सक्ने ओडीसीले जनाएको छ । कन्सर्टका लागि पाँच हजारदेखि २५ हजार रुपैयाँको टिकट मूल्य तोकिएको छ । यसै कार्यक्रमको सन्दर्भमा पर्यटनमन्त्री आलेले सलमानसँग भर्चुअल सम्वाद पनि गरेका थिए । उक्त कार्यक्रममा एक दर्जन कलाकारले सांगीतिक प्रस्तुति दिने बताइएको थियो । साथै, सलमानले नेपालको पर्यटकीय क्षेत्रको भ्रमण गर्ने तालिका पनि तय भएको थियो ।

सलमानको नेपाल टुर रोकिएको यो दोस्रो पटक हो । यसअघि कार्यक्रम रोकिँदा ओडीसीले १० करोड रुपैयाँ घाटा व्यहोरेको बताइएको छ ।

टिप्पणीहरू