निधारको अबिर नमेटिँदै मेयर पुगे खानेपानीको मुहानमा

निधारको अबिर नमेटिँदै मेयर पुगे खानेपानीको मुहानमा

धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङ बधाई तथा शुभकामनाको क्रममा दलिएको अबिर मेटिन नपाउँदै खानेपानीको मुहानमा पुगेका छन् । देशभरका अधिकांश नवनिर्वाचित मेयरहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने फिल्डमा खटिएका छन् ।

साम्पाङले आज धरानको खानेपानी मुहानमा पुगेर सरसफाई गर्न निर्देशन दिएका हुन् । उनले मुहानमा रहेको कमजोरी सच्याउन निर्देशन मात्रै दिएनन्, आफैँ सरसफाईमा सक्रिय भएका थिए ।

साम्पाङले आफ्नो पहिलो उद्देश्य धरानको खानेपानीको समस्या समाधान गर्नु रहेको बताइसकेका छन् । उनले चुनावमा जितेपछि खुशी मनाउनेभन्दा काम गरेर देखाउने बताएका थिए ।

टिप्पणीहरू