भारतीय दूतावास ६ घण्टा खालि

भारतीय दूतावास ६ घण्टा खालि

काठमाडौंस्थित भारतीय दूतावास हिजो बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खाली भयो । दूतावासमा सबैजसो कर्मचारी भए पनि राजदूत, कार्यवाहक राजदूत र सहायक राजदूतको अनुपस्थितिमा कार्यालय समयमा दूतावास केहीबेर नेतृत्वविहीन भएको हो ।

भारतीय राजदूत विनयमोहन क्वात्र विदेश सचिवमा बढुवा भएर नयाँ दिल्ली गएपछि राजदूत पद रिक्त छ । कार्यवाहक राजदूत नामग्या सी खम्पा पनि बिहान ११ बजे यति एअरलाइन्सको उडानबाट पोखरा गएकी हुन् ।

कार्यवाहक सहायक राजदूत प्रशन्न श्रीवास्तव हिजो दिउँसो नयाँ दिल्लीबाट काठमाडौं आएका हुन् । उनी भिष्टारा एअरमा दिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लंदा ४ बजेको थियो । दूतावास पुग्दा करिब ५ बजेको बताइन्छ ।

टिप्पणीहरू