मन्त्रीहरू रातारात प्रचण्ड र ओलीको दैलोमा

मन्त्रीहरू रातारात प्रचण्ड र ओलीको दैलोमा

संसदलाई नियमित तवरले सञ्चालन गर्नका लागि गठबन्धनको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुई दिनअघि भेटघाट गरेका छन् ।

बितेका केही दिनयता यी दुई मन्त्रीले अन्य दलका नेतासँग भेटघाटलाई बाक्लै ढंगले अघि बढाएका हुन् । संसद सञ्चालन गर्ने सत्तारुढ गठबन्धनका नेता तथा प्रतिपक्षका नेतालाई नागरिकता विधेयक, सरकारको नीति तथा कार्यक्रम र संसदीय गतिविधिबारे जानकारी दिने उद्देश्यले भेटघाट गरिएको दाबी कानुनमन्त्री गोविन्दप्रसाद शर्माले गरेका छन् ।

उनले यसअघि सरकारमा रहेका दलका शीर्षस्थ नेतालाई सरकारको नीति तथा बजेटबारे जानकारी दिए पनि प्रतिपक्षी नेतालाई जानकारी दिने प्रचलन नरहेको बताए । मन्त्रीहरूले आउँदो बजेटमा एमालेको पनि सुझाव दिन आग्रह गरेको बुझिएको छ ।

अध्यक्ष ओलीले सरकारले चुनावमा धाँधली गरेको भन्दै गुनासो पोखेका थिए । यो प्रतिनिधि सभाको बैठकमा नागरिकतासम्बन्धी विधेयक प्रस्तुत गर्ने तयारीमा सरकार छ ।

टिप्पणीहरू